back
nepal rastra bank aniversary

ज्योति समूहको ‘हिरो’ मोटरमा चौधरीको कब्जा

882 

shares
nicasia bank

काठमाडौं । नेपालमा भारतीय कम्पनी मोटोकर्पसँग सम्झौता गरी उसले उत्पादन गरेको ‘हिरो’ मोटर सम्बन्धीका सबैखाले व्यवसाय गर्दै आएको ज्योति समूहको नेपाल जनरल मार्केटिङको कारोबारमाथि चौधरी समूहले हस्तक्षेप गरेको छ ।

अझै पाँच वर्ष नविकरण सम्झौता रहिरहेको अवस्थामा चौधरी समूहको सिजी मोटर्सले भारतीय कम्पनी मोटोकर्पसँग सम्झौता गरेर ज्योति समूहलाई दिँदै आएको कारोबारको सम्झौता रद्द गर्न वाध्य बनाएको छ ।

चौधरी समूहका अध्यक्ष विनोद चौधरीले आफ्नो व्यवसायको प्रभाव र भारतसँग नाता सम्बन्ध रहेको भन्दै भारतीय मोटाकर्प कम्पनीसँग मिलेर ज्योति समूहले धेरै अगाडिदेखि नेपालमा गर्दै आएको हिरो मोटर साइकल, स्कुटी र यसका सवै पार्टपुर्जाको व्यापार खोसेका छन् । चौधरीकै दवावमा भारतीय मोटाकर्प कम्पनीले ज्योति समूहसँग गर्दै आएको कारोबारको करार सम्झौता तोडेर चौधरी समूहको सिजी मोटर्सलाई दिएको छ । चौधरीको यो बेइमानीले ज्योति समूहलाई अर्बौको कारोबार हुने हात धुनुपर्ने अवस्थामा आएको छ ।

यतिबेला उनीहरुको यो लडाइको मुदद उच्च अदालत पाटनमा छ । अदालतले मोटोकर्पले सन २०२७ सम्म रहेको सम्झौता तोडेको विषयमा कस्तो फैसला दिने हो त्यसमा ज्याती समूह निर्भर छ । अन्यथा यसअघि ज्योति समूहले गर्दै आएको हिरो मोटर सम्बन्धीका सबै व्यवसायीक काम चौधरी समूहको सिजी मोर्टसमा आउने छन र सिजीले हिरो मोटरसाइकलको नेपाली बजारमा एक छत्र राज गर्ने देखिएको छ । चौधरी समूहले यसअघ पनि यस्ता धेरै व्यवसायीक बैइमानी गर्दै आएको हो ।

उच्च अदालत पाटनमा दुई समूहबीच भएको लडाइलाई नजिकबाट हेरिहेका एक कानुव्यवसायीले नेपालबहसलाई दिएको जानकारी अनुसार यसबारे अदालतमा भोली आइतबार पेशी छ । फैसला आफ्नो पक्षमा पार्न दुबै समूह लागि परेका छन् । चौधरी समूहले सबै खालका मापदण्ड अपनाएको छ । चौधरी समूह कुनै पनि हालतमा भरखरै भएको भारतीय कम्पनी मोटाकर्पसँगको सम्झौतालाई कानुनी रुपमा पनि आफ्नो पक्षबाट बाहिर जान दिने पक्षामा देखिएको छैन् ।

प्राप्त समाचार अनुसार हिरो मोटोकर्प लिमिटेड भारतीय कम्पनी हो । भारतमा रहेको यस कम्पनीले विश्व बजारमा आफ्ना उत्पादन दिँदै आएको छ । भारतमा रहेको यो कम्पनीबाट नेपालमा हुने कारोबार प्रविन साह नामका व्यक्तिले हेदै आएका छन ।

ज्योति समूहबाट यो कारोबार खोस्न यीनै साहसँग मिले चौधरी समूहका अध्यक्ष विनोद चौधरीले भारतमै पनि ठूलो रकम खर्चिएको बताइएको छ । पछिल्लो समय मोटोकर्पका तर्फबबाट नेपालमा रहेको ज्योति समूहको कम्पनी नेपाल जनरल मार्केटिङसँग गरेको करार सम्झौता नविकरण गरेको माटोकर्पले विचमै आएर भंग गरेको छ ।

सन २०२२ अगष्टमा मोटोकर्पका तर्फकबाट पराग अग्रवालले सम्झौतामा हस्तक्षर गरेका छन् । अहिले आएर यो सम्झौता भारतीय मोटोकर्प कम्पनीले ज्योति समूहको नेपाल जनरल मार्कटिङसँग करार सम्झौता तोडेर सिजी मोर्टसलाई दिएको छ । नेपाल जनरल मार्केटिङलाई ज्योति समूहका अभिक ज्योति र सुरुची ज्योतिले हेर्दै आएका थिए । अब सिजी मोर्टसले यसलाई खोसेर ल्याएपछि चौधरी समूहका तर्फबाट निर्भाना चौधरीले हेर्ने छिन् ।

चौधरीको दवावमा भारतीय कम्पनी मोटाकर्पले ज्योति समूहको नेपाल जनरल मार्केटिङसँग यसअघि गरेको करार सम्झोता तोडेर सिजी मोर्टससँग करार सम्झौता गरेपछि यसको खुसियालीमा सिजी मोर्टसका तर्फबाट निर्भाना चौधरीले नेपालमा ठूलो पार्टीको आयोजना गरेकी थिइन् ।

२१ अप्रिल २०२४ का दिन आइतबार होटल रेडिसनमा दिउसो ३ बजे कार्यक्रम राखेर चौधरी समूहको पहिलो हिरो मोटरसाइकल उद्घघाटन र मोटोकर्पसँग पाटनरसीप भएकोमा पार्टी आयोजना गरिएको थियो । यो पार्टी चौधरी समूहको सिजी मोटरर्सले आयोजना गरेको हो यसको एमडी निर्भाना चोधरी हुन् ।

भारतको मोटोकर्प कम्पनीले नेपालको जनरल मार्कटिङ प्रालिलाई विगत लामो समयदेखि हिरोहोण्डा मोटर साइकल, स्कुटी र यसका पार्टपुर्जा विक्री गर्न आधिकारीता दिएको थियो । यो सम्झौता २०२७ सम्म भएको बताइएको छ । अहिले आएर उसले सम्झौता रद्ध गर्दै चौधरी समूहको सिजी मोर्टसलाई दिएपछि ज्योति समूह कानुनी उपचारमा लागेको हो । यदि कानुनी उपचार नपाए चौधरीका कारण ज्याती समूहले अरबौको कारोबार हुने हिरोहोण्डा मेटरसाइकल र यसका पार्टपुर्जाको व्यवसायबाट हात धुनुपर्ने देखिएको छ ।

अन्य व्यवसायभन्दा यसबाट राम्रो मुनाफा गर्दै आएको ज्योति समूहमा चौधरी समूहको यो आक्रमणले ठूलै क्षति पुर्याउने देखिएको छ । यसको कारोबार गरेबापत राज्यलाई तिर्नुपर्ने कर मात्रै पनि अर्ब माथि हुन्छ । यहीं व्यवसायका कारण ज्योति समूहको नाम पनि बढी राजश्व बुझाउनेमा पर्दै आएको थियो । अब यसलाई पनि चौधरी समूहले रुचाएको छैन ।


महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य...

समिति गठन नभएमा सदन अवरुद्ध भइरहन्छ : रमेश लेखक

समिति गठन नभएमा सदन अवरुद्ध भइरहन्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले समिति...

हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ : ओली

हरेक नोट र सिक्कामा नेपालको नक्सा अनिवार्य गरी हुनुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक...

संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन हुनसक्दैन : कृष्ण सिटौला

संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन हुनसक्दैन : कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले...

कांग्रेसले संसदीय छानिबन समिति माग गरिरहँदा सरकारले समस्याको समाधान गर्नुपर्छ : ओली

कांग्रेसले संसदीय छानिबन समिति माग गरिरहँदा सरकारले समस्याको समाधान गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री...

गगनको प्रश्न– छानबिन समिति बनाउभन्दा सरकार किन अटेर गरेर बसेको ?

गगनको प्रश्न– छानबिन समिति बनाउभन्दा सरकार किन अटेर गरेर बसेको ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारीको...