back
nepal rastra bank aniversary

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

426 

shares
nicasia bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।

नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीयसंस्थामध्ये सबैभन्दा बढी २१ दशमलव १ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो ।
नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसा पत्र प्रदान गर्नुभएको छ ।

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पु-याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरुलाई सम्मानित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।


लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन, रामग्राममा बन्यो भब्य प्लान्ट

लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन, रामग्राममा बन्यो भब्य प्लान्ट

रामग्राम(परासी) । नेपालको सफल व्यवसायिक घराना लक्ष्मी ग्रुपले नेपालमै...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबिवारम प्रदान

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबिवारम प्रदान

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३१औं वार्षिकोत्सवको अवसरमा प्राथमिक...

संसद् अवरोधको निकास प्रधानमन्त्री ‘प्रचण्ड’ले नै दिनुपर्छ : लेखक

संसद् अवरोधको निकास प्रधानमन्त्री ‘प्रचण्ड’ले नै दिनुपर्छ : लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्...

ज्योति विकास बैंकद्वारा बालबालिकालाई कृत्रिम हात प्रदान

ज्योति विकास बैंकद्वारा बालबालिकालाई कृत्रिम हात प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ...

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल...

गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको’ सार्वजनिक

गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको’ सार्वजनिक

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘...