back
nepal rastra bank aniversary

विश्व बैंकका उपाध्यक्षद्वयसँग अर्थमन्त्री पुनले गरे भेटवार्ता

54 

shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन्।

दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डीसीस्थित विश्व बैंक मुख्यालयमा गएराति भेटेका हुन् भएको हो। निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन्।

पुनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेट गरेका छन्। विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग उनले आगामी जुनमा काठमाडौंमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए।

आइडा बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको उनले जानकारी गराए। नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन अर्थमन्त्री पुनले आग्रह गरे।

आइडालाई नेपालजस्ता विकासोन्मुख देशहरूका लागि भरपर्दो माध्यम बजनाउन सकिने भन्दै मन्त्री पुनले पछिल्लो दशकमा दूरसञ्चार, यातायात, स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व समुदायले हेर्नलायक भएको जनाए।


सिटामोल लिन पनि पाँच घण्टा हिँडेर  जानुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेछु: पूर्वस्वास्थ्य मन्त्री बस्नेत

सिटामोल लिन पनि पाँच घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेछु: पूर्वस्वास्थ्य मन्त्री बस्नेत

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा...

लगानी सम्मेलन : पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

लगानी सम्मेलन : पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमाडौं । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४...

लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्छ : माधव नेपाल

स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्छ : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वदेशी तथा...

इलाम क्षेत्र नम्बर–२ मा एमालेका नेम्वाङको अग्रता कायमै

इलाम क्षेत्र नम्बर–२ मा एमालेका नेम्वाङको अग्रता कायमै

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमालेका सुहाङ...