back
nepal rastra bank aniversary

विराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार प्रदान

246 

shares

काठमाडौं । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै सङ्घीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका प्रमुख नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गरे । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रमुख कोइरालालाई दोसल्ला ओढाएर नगद रु ५० हजार र सम्मानपत्र प्रदान गरेको विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरेको छ । “सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कानून कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गरिएको छ,” मन्त्रालयले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ ।

महानगरले गत वैशाख १ गतेदेखि विराटनगरका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा निषेध गरेको थियो ।

कार्यक्रममा मन्त्री बस्नेतले विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनलाई निषेध गर्ने सन्दर्भमा निकै महत्त्वपूर्ण कार्य गरेको बताए । उनले अन्य पालिका र सरकारी कार्यालयले पनि विराटनगरबाट सिक्नुपर्नेमा जोड दिए ।

मन्त्रालयले छनोटका क्रममा विशेष टोली पठाएर स्थलगतरूपमा समेत अध्ययन गरेको उनको भनाइ थियो । महानगरले अघि सारेको अभियान निकै प्रभावकारीरूपमा कार्यान्वयन भएको देखिएकाले पुरस्कृत गरिएको मन्त्री बस्नेतले प्रस्ट पारे ।

विराटनगर महानगर प्रमुख कोइरालाले महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको उनको भनाइ थियो । कोइरालाले स्वास्थ्य मन्त्रालयले प्रदान गरेको पुरस्कार विराटनगरवासीकै कारण प्राप्त गरेको उल्लेख गरे । “विराटनगरवासीको साथ र सहयोगकै कारण महानगरले सञ्चालन गरेका अभियान सफल भइरहेका छन्”, उनले भने, “सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणमा पनि महानगरवासीको ठूलो साथ पाएका छौँ ।”

कार्यक्रममा स्वास्थ्य सचिव डा पोखरेलले सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणको न्यूनीकरण, नियन्त्रण तथा कानून कार्यान्वयन गरी देशका सात सय ५३ पालिकामा मात्रै नभएर मुलुकका सबै सरकारी संयन्त्रमध्ये विराटनगर सर्वोत्कृष्ट भएको बताए ।


पत्रकार महासंघ ललितपुर शाखाको १४औँ अधिवेशन भव्य रुपमा सम्पन्न

पत्रकार महासंघ ललितपुर शाखाको १४औँ अधिवेशन भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले १४औँ अधिवेशन...

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

गृहमन्त्रीको निर्देशन– प्राकृतिक प्रकोपका घटनामा केन्द्रको निर्देशक कुरेर नबस्नू

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका...

बैंकिङ क्षेत्रमा अराजकता बढ्दै गएको छ : डेपुटी गभर्नर तिमिल्सिना

बैंकिङ क्षेत्रमा अराजकता बढ्दै गएको छ : डेपुटी गभर्नर तिमिल्सिना

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना...

बाह्य क्षेत्रमा आएको सुधारले अर्थतन्त्र चलायमान हुने आधार तय भएको छ : गभर्नर अधिकारी

बाह्य क्षेत्रमा आएको सुधारले अर्थतन्त्र चलायमान हुने आधार तय भएको छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाकालको ६९औँ वार्षिकोत्सव...

गठबन्धनको एउटा दल अलग हुने बित्तिकै सरकार ढल्ने भएकाले हेक्का होस् : माधव नेपाल

गठबन्धनको एउटा दल अलग हुने बित्तिकै सरकार ढल्ने भएकाले हेक्का होस् : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको...