back
nepal rastra bank aniversary

प्रधानमन्त्री दाहालले आज भारतका राष्ट्रपति, उपराष्ट्रपति र समकक्षीसँग भेटवार्ता गर्दै

150 

shares
nicasia bank

नयाँदिल्ली । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज (बिहीबार) समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति जगदीप धनगढ, राष्ट्रपति द्रौपती मुर्मूलगायतसँग महत्त्वपूर्ण भेटवार्ता गर्दै छन् ।

अहिले केहीबेरमा राजघाट पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेपछि प्रधानमन्त्रीले ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसको नीलगिरि कक्षमा भारतीय समकक्षी मोदीसँग भेट्ने तालिका छ । दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन कुराकानी हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ ।

प्रतिनिधिमण्डलको बैठक सकिएपछि सम्झौता आदानप्रदानको कार्यक्रम छ । दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाइ रुटका विषयमा समझदारीहरु हुनेछन् ।

त्यस्तै केनेक्टिभिटी र कृषि सहयोगका परियोजनाहरुमा पनि छलफल हुनेछ । विद्युत् क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न दीर्घकालीन सम्झौताहरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त पत्रकार सम्मेलन सकिएपछि हैदरावाद हाउसमै नेपाली प्रतिनिधि मण्डलको सम्मानमा भारतीय पक्षले दिवाभोज आयोजना गर्नेछ ।

प्रधानमन्त्री दाहालले दिउँसो ४ बजे भारतका उपराष्ट्रपति धनगढ र साढे ४ बजे राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची छ । साँझ साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीले होटेलमा आयोजना गर्ने संयुक्त कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

तेस्रो दिन अर्थात् भोलि ९शुक्रबार० बिहान ८ बजे विमानमार्फत प्रधानमन्त्री दाहाल भारतको सफा मानिने मध्यप्रदेशको ठूलो सहर इन्दोर जानेछन् । दिउँसो त्यहाँ फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गर्ने कार्यक्रम छ ।

इन्दोरमा शुक्रबार प्रधानमन्त्री दाहालको बास होटेल मेरियटमा हुनेछ । त्यहाँ उनीसँग मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमणको अन्तिम दिन शनिबार ९जेठ २० गते० प्रधानमन्त्री दाहालले विशेष आर्थिक क्षेत्रको अवलोकन भ्रमण गरी दिउँसो १ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेछन् । त्यहाँ एक घण्टा बिताएर नेपाल एयरलाइन्सको नियमित उडानबाट ४ बजेर २० मिनेटमा स्वदेश फर्कनेछन् ।

गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहाल पहिलो विदेश भ्रमणका क्रममा भारत गएका हुन् । भारतीय समकक्षी मोदीको औपचारिक निमन्त्रणामा दाहाल राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको बुधबार दिउँसो १स्२५ बजे नियमित उडानबाट दिल्ली गएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाइ गरेका थिए ।

हिजो ९बुधबार० नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि प्रधानमन्त्री दाहाललाई भारतीय विदेशराज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरिन् । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए ।

उनको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दाहालको तस्बिर अंकित ठूला(ठूला होडिङ र ब्यानरहरु सडक(सडकमा राखिएका छन् । विमानस्थलमै प्रधानमन्त्रीको स्वागतका लागि नाचगान, सांस्कृतिक कार्यक्रम र झाँकी प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री दाहाल सरदार पटेल मार्गमा रहेको होटेल आईटीसी मौर्यमा बसेका छन् । हिजो साँझ विदेश सचिव विनयमोहन क्वात्राले होटेलमा प्रधानमन्त्री दाहालसँग भेट गरे । त्यसपछि साँझ ६ बजे होटेलमै आधा घण्टा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री दाहालसँग भएको डोभलको भेटमा क्वात्रा पनि सहभागी थिए ।

त्यसपछि नयाँदिल्लीस्थित नेपाली दूतावासले गरेको रात्रिभोजमा प्रधानमन्त्री दाहाल सहभागी बने । त्यहाँ उनले प्रवासी नेपालीहरुलाई सम्बोधन गरे ।

भारतस्थित नेपाली दूतावासले प्रधानमन्त्री दाहालको सम्मानमा आयोजिना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्रवासी नेपालीहरुको समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारे । उनले भारतमा रहेका प्रवासी नेपालीहरुको हकअधिकार प्राप्तिका लागि नेपाल सरकार सधै साथमा रहेको भन्दै मतअधिकार दिने विषयमा सरकारले छिटै सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

प्रवासी नेपालीहरुले प्रवासमा रहेका नेपालीहरुको अधिकार प्राप्तिका लागि सरकारले पहल गर्नुपर्ने र निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउने व्यवस्था मिलाइदिन माग गरेका थिए ।


दुई वटा उपनिवार्चन जित्यौं, मिसन ०८४ सफल पारेर छाड्छौँ : ओली

दुई वटा उपनिवार्चन जित्यौं, मिसन ०८४ सफल पारेर छाड्छौँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिसन...

विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशीहरूसँगको भेटमा...

पूर्वमन्त्री बस्नेतद्वारा बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण

पूर्वमन्त्री बस्नेतद्वारा बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण

सिन्धुपाल्चोक । प्राकृतिक विपत्तिबाट विस्थापित भएका बाह्रबिसे नगरपालिकाभित्रका बाढी,...

लोकगायनमा सुष्माको चर्चा चुलिँदै

लोकगायनमा सुष्माको चर्चा चुलिँदै

काठमाडौं । सानै उमेरदेखि गीत÷संगीतमा रुची राख्ने चर्चित लोक...

ठूला दलबीच सहकार्य आवश्यक : प्रमुख सचेतक लेखक

ठूला दलबीच सहकार्य आवश्यक : प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अस्थिरताबाट...

इमान्दार भएर संघर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने छ : प्रधानमन्त्री

इमान्दार भएर संघर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधानमा पहिचान...