back
nepal rastra bank aniversary

बलिउड : राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च

414 

shares

मुम्बई । बलिउडकी आइटम गर्ल राखी सावन्त विवादास्पद कलाकारका रुपमा परिचित छिन् । अहिले उनी पूर्वपति आदिल खान दुर्रानीका कारण चर्चामा छिन् । आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखीविरुद्ध उजुरी दिएका थिए । उनले आफ्नो केही निजी कुरालाई प्रचार गरेको आरोप लगाएका थिए ।

राखीले आफ्नो ‘सेक्सुअल भिडियो’ लिक गरेको आरोपसमेत लगाएका थिए । आफूमाथि उजुरी परेपछि राखीले कोर्टमा आफूलाई गिरफ्तारी नगर्न माग गर्दै निवेदन दिएकी थिइन् ।
अदालतले केही समयको बहसपछि उनको निवेदनलाई खारेज गरिदिएको छ । उनको निवेदन खारेजीसँगै राखी पक्राउ पर्ने सम्भावना उच्च रहेको छ ।

‘जुन काम राखीले गरेकी थिइन्, त्यो गलत थियो । जसरी उनले आफ्ना पूर्व पतिको भिडियो सर्कुलेट गरिन, त्यो गलत भएको अदालतको ठहर छ । राखीमाथि यस किसिमको मुद्धा पहिलेदेखि नै पेन्डिङ छ । यसकारण उनको जमानत याचिका खारेज गरिएको छ । यो मुद्धामा कसैलाई पनि छुट दिनु सही होइन’, सेशन कोर्टका न्यायाधि श्रीकान्त भोसलेले भनेका छन् ।

आदिलले पनि राखीले आफ्नो सेक्सुअल भिडियो सर्कुलेट गर्नु खराब काम भएको बताए । उनले यो मामलामा राखीविरुद्ध एफआईआर दर्ता गराएका थिए । उनले सेक्सन ५०० (डिफेमेसन), ३४ (कमन इनटेन्सन), सेक्सन ६७ए (पब्लिसिङ सेक्शुअली एक्स्प्लीसिट मटीरियल इन इलेक्ट्रोनिक फम)मा एफआईआर दर्ता गराएका थिए ।

राखीले यो मामलमा मुम्बई कोर्टमा आफूलाई गिरफ्तार नगर्न निवेदन दिएकी थिइन् । जबकी राखीले यो मामलामा हरेक किसिमले प्रहरीलाई सहयोग गरेकी थिइन् । न्यायाधीश भोसलेले राखीले जुन डिभाइसको सामाग्री सर्कुलेट गरिन्, त्यो सामान हालसम्म प्रहरीले फेला नपारेको बताउका छन् ।

उनका अनुसार डिभाइस हालसम्म राखीसँगै छ । उनले डिभाइसको कुनै पनि सामाग्री प्रहरीलाई दिएकी छैनन् ।


ग्लोबल आइएमई बैंकले ल्यायो, ‘ग्लोबल ग्रीन आवास’ कर्जा योजना

ग्लोबल आइएमई बैंकले ल्यायो, ‘ग्लोबल ग्रीन आवास’ कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८ दशमलब ९९...

एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बने खनिया

एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बने खनिया

काठमाडौं । अर्जुनराज खनिया एनआईसी एसिया बैंकको सहायक प्रमुख...

नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर

नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। तेस्रो लगानी सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ...

लगानीका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

लगानीका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल...

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि नेपालमा सम्भावना छ : मन्त्री चौधरी

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि नेपालमा सम्भावना छ : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा...