back
nepal rastra bank aniversary

नेपालगञ्जमा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र गरिँदै

198 

shares
nicasia bank

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक कालापत्रे गर्दा ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ ।

उपमहानगरका भित्री तथा बाइपास सडकमा उक्त प्रविधि प्रयोग गरी कालोपत्र गरिएको वडा नं १८ का वडाध्यक्ष दीपक वर्माले जानकारी दिए । “अस्फाल्ट प्रविधि गरी कालोपत्रे सुरु गरिएकोमा केही ठाउँमा काम सकिएको छ, केही ठाउँमा काम अझै जारी छ”, उनले भने।

उनका अनुसार उपमहानगरपालिकाको सोल्टी होटेल, लग्दहवा हँुदै बाइपास रोडको दुई किलोमिटर सडकमा अस्फाल्ट प्रविधिमार्फत कालोपत्र गरिएको छ । वडा नं १८ स्थित भाटभटेनीदेखि पश्चिम श्रीनगर टोलसम्म दुई सय ७० मिटर र प्रहरी तालिम केन्द्र पश्चिम सगरमाथा स्कुल हुँदै दीपनगरटोसम्म एक मिटर सडक कालोपत्र गरिएको हो । विभिन्न टोलमा थप कालोपत्र, पिसीसी तथा आरसीसी नालासहित माटो ग्राबेलको काम जारी रहेको वडाध्यक्ष वर्माका भनाइ छ ।

स्थानीय पुष्पलालचोकदेखि जमुनाह सडक कालापत्रे गर्न पनि अस्फाल्ट प्रविधि अपनाइएको छ । सडक डिभिजन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामीले काम गर्न सजिलो र लामो समयसम्म टिक्ने कालोपत्र हुने भएकाले नयाँ अस्फाल्ट प्रविधिको प्रयोग गरिएका बताए ।

उनले यस प्रविधिमार्फत गरिएको कालोपत्र सडक कम्तीमा सात वर्षसम्म टिकाउ हुने बताए ।


एमाले भोजपुर अध्यक्षमा खड्का निर्वाचित

एमाले भोजपुर अध्यक्षमा खड्का निर्वाचित

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

जापानी विदेशमन्त्री खामिखावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । जापानी विदेशमन्त्री खामिखावा योकोले काठमाडौंको वसन्तपुर क्षेत्रको...

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

कीर्तिपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा यात्रीवाहक बस दुर्घटना भएको छ...

हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको ग्राण्ड मोटिभेसनल कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेशले...

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई ट्रयाक सुट वितरण

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई ट्रयाक सुट वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर...