back
nepal rastra bank aniversary

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

312 

shares

काठमाडौ । थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज जेठ ९ गते मंगलबार अन्तिम दिन हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले वैशाख ११ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । हाइड्रोपावरले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।

यस आइपीओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं। १ देखि ११ साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविसका सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं। १ देखि ७ ९साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस० का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 


एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बने खनिया

एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बने खनिया

काठमाडौं । अर्जुनराज खनिया एनआईसी एसिया बैंकको सहायक प्रमुख...

नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर

नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। तेस्रो लगानी सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ...

लगानीका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

लगानीका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल...

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि नेपालमा सम्भावना छ : मन्त्री चौधरी

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि नेपालमा सम्भावना छ : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा...

आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रुपन्देही जिल्लाको सैनामैनामा...