back
nepal rastra bank aniversary

पाकिस्तानमा बाढी पहिरोबाट थप ३६ को मृत्यु

312 

shares

पाकिस्तानमा बाढी पहिरोका कारण पछिल्लो एक दिनमा थप ३६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा पछिल्लो समयमा र्षासँगै आएको बाढी पहिरोबाट दैनिक धनजनको क्षति भएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले थप मृत्यु भएकामध्ये १५ जना बालबालिका र ६ जना महिला रहेको जनाएको छ। बाढी पहिरोबाट सबैभन्दा बढी दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ। पछिल्लो एक दिनमा मृत्यु भएका ३६ मध्ये ३५ जना सिन्ध प्रान्तका रहेका छन्।

अर्का एक जनाको भने पाख्तुन्ख्वा प्रान्तमा मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पाकिस्तानमा पछिल्लो समयमा २६ हजार ६ सय ५२ घर क्षतिग्रस्त भएका छन्।

योसँगै कुल १७ लाख ३९ हजार १६६ घर क्षतिग्रस्त भएका छन्। १ हजार ३९१ जनाको बाढी पहिरोका कारण मृत्यु भएको प्राधिकरणले जनाएको छ। अरु १२ हजार ७ सय २२ जना घाइते भएका छन्।

पाकिस्तानमा गत मध्य जुनमा शुरु भएको मनसुनसँगै आएको वर्षापछिको बाढी पहिरोले धेरै क्षति गरेको छ।

बाढी पहिरोबाट प्रभावित भएकामध्ये १ लाख ७७ हजार २ ६५ जनाको उद्धार गरिएको छ भने अरु ६ लाख ६३ हजार ८ सय ६९ जना अझै पनि विस्थापित भएर अस्थायी शिविरमै रहेका छन्।


सिटामोल लिन पनि पाँच घण्टा हिँडेर  जानुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेछु: पूर्वस्वास्थ्य मन्त्री बस्नेत

सिटामोल लिन पनि पाँच घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य गर्न लागिपर्नेछु: पूर्वस्वास्थ्य मन्त्री बस्नेत

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा...

लगानी सम्मेलन : पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

लगानी सम्मेलन : पीपीपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमाडौं । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४...

लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्छ : माधव नेपाल

स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धनका निम्ति सरकारले सहज वातावरण बनाउनुपर्छ : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वदेशी तथा...

इलाम क्षेत्र नम्बर–२ मा एमालेका नेम्वाङको अग्रता कायमै

इलाम क्षेत्र नम्बर–२ मा एमालेका नेम्वाङको अग्रता कायमै

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमालेका सुहाङ...