back
nepal rastra bank aniversary

प्रचण्डलाई खुल्लापत्र

612 

shares

क्रान्तिकारी अभिबादनसहित, जोग बहादुर कठायत
रस जति सबै झरेर गयो छपनीमा छानिएर छोक्रा मात्रै बाँकी रहे,यसैलाई तिमीले क्रान्ति भन्यौ म यहि क्रान्तिको कात्रो बाँधेर चिहानमा उभिएको छु । प्रिय कामरेड एक युगको तपाईंको अनुयायी असली भक्त म धेरैपछि तपाईंलाई सम्झन पुगेको छु । दश बर्षे ति युद्धका कठिन दिनहरुमा अन्जुली भरी सद्भाब बोकेर भोक र थकान पछिको निन्दा नभनिकन ज्यान जलेर सुकुटी हुने खालको हपहपी गर्मीमा वा रगत जमेर जाम हुने कठ्याङग्रीदो चिसोमा तपाईंको तस्बिर मुटुभित्र जतनले राखेको याद आयो ।

त्यतिबेला आफ्नो जिन्दगी भन्दा तपाईंको जिन्दगीको महंगो महत्त्व हुन्थ्यो । आफू मर्दा पनि सर्बहाराका देउता प्रचण्डलाई देखेर मर्न पाए आत्माले शान्ति पाउँथ्यो भन्ने लाग्थ्यो । त्यसैले त तपाईले नेतृत्व गरेको क्रान्तिमा आवाज नउठाएको कुनै ब्यक्ति छ, रगत नबगाएको कुनै गाउँ छ, सहयोग नगरेको कुनै परिवार छ ।

प्रिय कामरेड प्रचण्ड तपाईं रत्नपार्कमा नाराजुलुस गरेर रातारात जन्मेको नेता होइन ता कि सजिलै बिगत भुलेर आफु बैभबको जिन्दगी जिउने तपाई त हजारौंको बलिदान, लाखौं घाइते र करोडौं जनताको पसिनाको महायज्ञबाट जन्मेको एक अचुक अस्र हुनुहुन्थ्यो ।

प्रिय कामरेड मैले त मात्रै पत्र मार्फत याद दिलाउन खोजेको हुँ, कतै तपाईंको मेरको आत्मा यो पत्र पढेपछि पुनः ती रोएका भोका बस्ती,बा आमा देख्न नपाएका टुहुरा सन्तान,आधा जिन्दगी बोकेर मर्नु न बाँच्न बिबस ति घाइते,अनि सन्तानका पर्खाइमा बाटो कुरेर बाँचेका ति बेपत्ताका परिवार,तपाइलाई काखीको बच्चा जस्तै ठानेर पाल्ने ति राप्ती, कर्णाली र भेरीका भोका बस्ती प्रति माया जागेर आउछ कि भन्ने आशामा यो पत्र लेखेको हुँ, र म चाहान्छु, यो पत्र जसरी पनि कामरेड प्रचण्ड समक्ष पुगोस् ।

प्रिय कामरेड प्रचण्ड तपाई हामीलाई भन्नुहुन्थ्यो,यो भौतिक दुनियाँमा मृत्यु एक दिन अबश्य छ । जिन्दगी माटोको लागि न हो, एक दिन अबश्य मर्नु नै छ । हामी रहुँला अथवा नरहुँला तर तपाईहरु मानब मुक्तिको संग्राममा समाबेश भई तपाई मृत्युलाई जित्नुहुनेछ । प्राय मान्छेहरु कपास जस्तो हलुङगो मरण मर्दछन तर तपाईंको मरण पहाड भन्दा गरुँगो हुनेछ । प्रिय कामरेड यि तपाईंका आदर्शको पगरी बाँधेर सिङ्गो सर्बस्व त्याग्यौ र तिम्रो भोलिका लागि हामीले हाम्रो आज गुमायौं, र युद्धको मोर्चामा हाम फाल्यौ र हामी जिउँदै म-यौं ।

हुन त कामरेड यो पत्र पढ्दा तपाईंका अनुयायीहरु म प्रति आबेग पोख्न सक्छन तर पनि दुनियाँमा मैले देखेको र भोगेको यथार्थ बोल्नैपर्छ । ता की यो पत्रले तपाईंको अगाडि सत्यताको पोको फुकाउने काम गर्नेछ।कामरेड प्रचण्ड एक समय थियो तपाईंको आदर्शमा काखीमा दुधे बच्चा च्यापेर तोपको मोहोरीमा जिन्दगी भिटी राखेर हिडेकी ति महिला छापामार आज जसोतसो जिबन धान्न बगरको बालुवा र सडकको गिट्टी कुटेर बाँचेकी रहिछन।बुर्जुवा शिक्षा भन्दै मार्कसिट च्यातेर बा आमा त्यागेर तपाईंको आदर्शमा जिन्दगीको मुल्य खोज्न बन्दुक बोकेर हिडेको युवा आज रोटीको खोजीमा अरब र मुग्लानका गल्लीमा आँशु पिएर पो बाँचेको रहेछ।

तपाईंको राम नाम जपेर युद्धको मोर्चामा गोली खाएको घाइते सिपाही आज शरिरमा छर्रा बोकेर पिप बगाउदै सिंहदरबारमा गृहमन्त्रीको अगाडि सिटामोलको भिख माग्दै बिष पिएर मर्न पो बिबश भएछन् । प्रचण्ड पथको पगरी बाँधेर खुट्टा गुमाएको एउटा योद्धा ह्वील चिअरको खोजीमा तपाईंको कार्यालयको पेटीमा आँशु बगाउँदै घिसारिएर बाँचेको रहेछ।क्रान्तिको मन्त्र जपेर मरेको एउटा योद्धाको छोरा मुम्बईका गल्लीमा एक पेट चारो र बिधुवा आमाको उपचारका लागि इट्टा पो बोक्दो रहेछ ।

धरोधर यो धर्ती साँची राखेर भन्छुस्यो कुनै बनावटी कुरा होइन।प्रिय कामरेड तपाईंले दुबैको पाँच तारे होटलमा करोडौंको बिल तिर्दा तपाईंको आदर्शमा ज्यान गुमाएको कर्णालीको शहिदको बुवा कुन्नि के खाएर बाँचेको होलारु उ पनि मान्छे हो उसका पनि त रहर हुदा हुन,उसका पनि त सपना होलान, क्रान्तिमा श्रीमान गुमाएकी बिधुवा श्रीमती दशैंमा छोरालाई एकसरो लुगा किन्न नसकेर भक्कानिएर श्रीमानको यादमा बलुन्धारा आँशु बगाउदाको पिडाले तपाईंलाई मार्सी चामलको भात खुवाउने दुर्गा पर्साइको अगाडि सम्झनामा नआउला। तपाईंलाई काखीको बच्चा सरी माया गरेर बचाएका ति राप्ती र भेरीका दुरदराजका जनता आज खुल्ला आकाशमुनि कठ्याङग्रीएर काल रात्रीमा गुम्सीएर बाँच्दा खै कसरी तपाइलाई तपाईंको घरपेटी अजय सुमार्गीको बंगलामा निन्द्रा आउँछ ।

प्रिय कामरेड जसले तपाईंको गर्धनमा तरबार राखेर टाउकाको मुल्य तोक्यो त्यसैसंग तपाईंको हेलमेल बढ्यो । जसले तपाईंलाई ज्यानमा ज्यान दियो त्यो बर्ग बिस्तारै चुसेर सडकमा मिल्काइएको आँपको कोयो जस्तै बन्दैगयो।हुनत कामरेड तपाईंको नियतमाथि खोट पहिले नै रहेछ जतिबेला हामी हजारौं कार्यकर्तालाई भारत बिरुद्ध शुरुङ युद्धको घोषणा गरेर हामी राप्तीका पहाडमा सरुङ खनिरहदा तपाई भने आफ्नो खानदान सहित भारतको छत्रछायामा बस्नु भएको रहेछ । बल्ल पछि पो बुझियो ।

खै म त कल्पना समेत गर्न सकेको थिएन कामरेड तपाई बर्गसंघर्षको अभियान छोडेर खानदान ब्यबस्थापनको अभियानमा लाग्नुहुन्छ भनेर।युद्धको भुमीमा भौतारिएको बर्गलाई सडकमै छोडेर तपाईं ज्वाई,छोरी,साला,सम्दी बुहारीलाई अंशै सरि सत्ताका पदहरु बाँड्नु भयो,राजनीतिमा कहिलेकाही यस्तो हुन्छ ठानेर तपाईंको जयजय नै गर्यौं । छोरी मेअर बनाउनका लागि देउवाको शरण पुग्यौ क्रान्ति नै ठान्यौं,बुहारी मन्त्री बनाउन एमाले संग साँठगाँठ गर्यौ यो पनि जनताकै लागि सोच्यौं।

प्रिय कामरेड जुन प्रस्ताव तपाईंले बोक्नु र बोकाउनु भएको थियो आज त्यहि एजेन्डामा हामीले वकालत गरेर हिड्दा हामीलाई आतंककारीको बिज्ञप्ती निकालेर राज्यको सुरक्षा अंग प्रयोग गरेर निर्मम दमन गर्नु भएको छ । जुन ब्यबस्था प्राप्तिका लागि भनेर हिजो तपाइले लडाउनु भयो आज त्यही ब्यबस्थाको बहस गर्दा हिजो तपाईंको लागि गोली खान तयार भएका कार्यकर्तालाई हातमा हत्गडी बाँधेर जेलका चिसा सिडिमा सडाउनु भएको छ ।

हाम्रा लाखौंलाख जनसमुदाय, हजारौं कार्यकर्ता तपाईंको प्रतिबनधको परिधिभित्र जिबनको सुन्दर भबिस्य खोजीरहेका छन् । अन्तमा हक्का रहोस कामरेड प्रचण्ड इतिहास साँची छ दुनियाँका मै हु भन्ने बादशाहहरु जनताको अगाडि धुलोमा धसिएर धुलिसात भएका छन् । यदि तपाईं नसच्चीएर आफू र आफ्नो परिवार सम्पन्न बन्नु नै क्रान्ति सम्पन्न हुनु हो भन्ने सोचेको छ भने हिजो जनयुद्धमा भाग लिएर आज आँशु पिएर बाँच्न बिबस करोडौं उत्पिडीत जनसमुदाय तपाईबिरुद्ध आँधी बनेर उर्लनेछन् ।


ग्लोबल आइएमई बैंकले ल्यायो, ‘ग्लोबल ग्रीन आवास’ कर्जा योजना

ग्लोबल आइएमई बैंकले ल्यायो, ‘ग्लोबल ग्रीन आवास’ कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८ दशमलब ९९...

एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बने खनिया

एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत बने खनिया

काठमाडौं । अर्जुनराज खनिया एनआईसी एसिया बैंकको सहायक प्रमुख...

नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर

नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। तेस्रो लगानी सम्मेलनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ...

लगानीका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

लगानीका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य होः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल...

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि नेपालमा सम्भावना छ : मन्त्री चौधरी

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय लगानीकर्ताहरू सबैका लागि नेपालमा सम्भावना छ : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन

अध्यादेशमार्फत् कानुन संशोधन लगानी वातावरण सुधारप्रतिको हाम्रो प्रतिबद्धताको प्रमाण होः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले हालै अध्यादेशमार्फत् नौवटा कानुनमा...