back
nepal rastra bank aniversary

उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने

324 

shares
nicasia bank

काठमाडौंं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरस्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको हो ।

नगरपालिकाले सञ्चालन गरेको शैक्षिकसत्र २०७९ को वार्षिक परीक्षाअन्तर्गत कक्षा ६–९ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–१० अर्खौलेस्थित सरस्वती मावि पहिलो भएको छ । सो विद्यालयलाई रु दुई लाख प्रदान गरिने छ ।

यस्तै हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको कालिका मावि दोस्रो तथा हलेसी तुवाचुङ–९ धितुङस्थित बुलापन्थे मावि तेस्रो भए । दुवैलाई क्रमशः रु ५० हजार र २० हजार प्रदान गर्ने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।

यस्तै कक्षा ४–५ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–४ बडहरेस्थित खोक्सेली विद्यालय प्रथम, सोही वडाका बोझेओडार र हलेसी तुवाचुङ–१ बाहुनीडाँडाको जनचेतना विद्यालय तेस्रो भए । ती विद्यालयलाई क्रमशः रु ५० हजार, रु २० हजार र रु १० हजार प्रदान गरिने छ ।

यस्तै कक्षा ६–८ सम्मको समग्र विद्यार्थीको नतिजाका आधारमा हलेसी तुवाचुङ–२ डिकुवास्थित डिकुवा विद्यालय प्रथम, वडा नं ४ बडहरेको शान्ति आधारभूत विद्यालय दोस्रो र वडा नं ११ राजापानीको हिमगङ्गा आधारभूत विद्यालय तेस्रो भए । उनीहरुले क्रमशः रु ५५ हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिने छ ।

एघार वडा रहेको हलेसी तुवाचुङमा वडा नं ५ दुर्छिमस्थित दामोदरमहासिंह आधारभूत विद्यालय दुर्छिमकी ब्रोलिजा राई प्रथम, हिमगङ्गाका भविन पुरी, बुलापन्थे मावि धितुङकी सुजना राई, बुलापन्थे मावि धितुङकै अनिल कटवाल, लक्ष्मी मावि बडहरेका गणेश दाहाल र महेन्द्रोदय मावि महादेवस्थानका दया राई पहिलो भए । उनीहरुले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।


ज्योति समूहबाट ‘हिरो’ खोसपछि चौधरी समूहविरुद्ध उद्योगीहरुको मोर्चाबन्दी सुरु

ज्योति समूहबाट ‘हिरो’ खोसपछि चौधरी समूहविरुद्ध उद्योगीहरुको मोर्चाबन्दी सुरु

काठमाडौं । विभिन्न गैर कारोबारबाट नेपाल छिरेर तीन पुस्तामै...

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसद्वारा ध्यानाकर्षण

सहकारी ठगी र अपचलनका घटनाप्रति सजग हुन पाल्पा कांग्रेसद्वारा ध्यानाकर्षण

पाल्पा । अहिले सर्वसाधारणले पसिना बगाएर कमाएको थोरैथोरै पैसा...

दुई वटा उपनिवार्चन जित्यौं, मिसन ०८४ सफल पारेर छाड्छौँ : ओली

दुई वटा उपनिवार्चन जित्यौं, मिसन ०८४ सफल पारेर छाड्छौँ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिसन...

विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

विदेशीहरूसँगको भेटमा अनिवार्य रूपमा कूटनीतिक आचारसंहिताको पालना गरौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशीहरूसँगको भेटमा...

पूर्वमन्त्री बस्नेतद्वारा बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण

पूर्वमन्त्री बस्नेतद्वारा बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारलाई जग्गाधनी पूर्जा वितरण

सिन्धुपाल्चोक । प्राकृतिक विपत्तिबाट विस्थापित भएका बाह्रबिसे नगरपालिकाभित्रका बाढी,...

लोक गायनमा सुष्माको चर्चा चुलिँदै

लोक गायनमा सुष्माको चर्चा चुलिँदै

काठमाडौं । सानै उमेरदेखि गीत÷संगीतमा रुची राख्ने चर्चित लोक...