back
nepal rastra bank aniversary

अनुमति विनाका होर्डिङबोर्ड हटाउन संघसंस्थालाई ३० दिने अल्टिमेटम

282 

shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्मपुर्ण व्यवसायी र संघसंस्थालाई अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको छ ।

महानगरले अनुमति विनाका सार्वजनिक स्थानमा कुनैपनि प्रकारको प्रचार प्रसार सामाग्री नराख्न आग्रह गर्दै आएकोमा आज व्यवसायी र संघसंस्थालाई पनि ३० दिन भित्र सार्वजनिक स्थानमा अनुमति विना राखिएको विज्ञापनका होर्डिङबोर्ड हटाउन आग्रह गरेको हो । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी ९व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको० राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ ।

सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने महानगरले भनेको छ ।


सम्पादक महत पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा सम्मानित

सम्पादक महत पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा सम्मानित

काठमाडौं । समकालीन मिडियाका अध्यक्ष तथा तरुण दैनिक डटकम...

ज्योति समूहको ‘हिरो’ मोटरमा चौधरीको कब्जा

ज्योति समूहको ‘हिरो’ मोटरमा चौधरीको कब्जा

काठमाडौं । नेपालमा भारतीय कम्पनी मोटोकर्पसँग सम्झौता गरी उसले...

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा।नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा...

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको...

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित– कांग्रेस

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित– कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई...

रास्वपाका नेताहरुलाई कांग्रेस नेता केसीको चूनौति : तागत भए कुन नेताले प्रधानमन्त्री अफर गरेको हो जनतासामु ल्याउ

रास्वपाका नेताहरुलाई कांग्रेस नेता केसीको चूनौति : तागत भए कुन नेताले प्रधानमन्त्री अफर गरेको हो जनतासामु ल्याउ

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले...